देवघरको बाबा बैद्यनाथधाममा भक्तजनको जनसागर, १० किलोमिटर लामो लाइन

12 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण १८ गते ।  सावन महिनाको पहिलो सोमबार झारखण्डको प्रसिद्ध बाबा बैद्यनाथ धाम मन्दिरमा बिहानैदेखि श्रद्धालुको ठूलो भीड लागेको छ। मन्दिरको कपाट खुलेसँगै ‘बोल बम’ र ‘हर–हर महादेव’को जयघोषले सम्पूर्ण क्षेत्र गुञ्जायमान बनेको थियो। बिहान ३ बजे परम्परागत पूजा सम्पन्न भएपछि सर्वसाधारण भक्तका लागि जलार्पण सुरु गरिएको थियो। बिहान ८ बजेसम्म कांवड यात्रीको लाइन करिब १० किलोमिटरसम्म पुगेको थियो।

बिहारको सुल्तानगञ्जस्थित उत्तरवाहिनी गंगाबाट पवित्र जल लिएर करिब १०८ किलोमिटर पैदल यात्रा गर्दै लाखौँ कांवडिया बाबा बैद्यनाथ धाम पुगेका छन्। पहिलो सोमबार भएकाले सोमबार मात्रै २ देखि ३ लाखसम्म श्रद्धालुले जल चढाउने अनुमान गरिएको छ। भीड व्यवस्थापनका लागि जिल्ला प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, द्रुत प्रतिक्रिया टोली र सुरक्षाकर्मी परिचालन गरेको छ भने सीसीटीभीमार्फत निगरानी भइरहेको छ। यस वर्ष श्रावणी मेलामा देश–विदेशबाट ५० देखि ६० लाख श्रद्धालु आउने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?