प्रदर्शनकारीमाथि पेलेट गन चलाएको आरोप दिल्ली प्रहरीद्वारा अस्वीकार

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ६ गते । संसद मार्चका क्रममा प्रदर्शनकारीमाथि पेलेट गन प्रयोग गरिएको आरोपलाई दिल्ली प्रहरीले अस्वीकार गरेको छ। प्रहरीले सामाजिक सञ्जालमा फैलाइएका यस्ता दाबीलाई ‘पूर्ण रूपमा भ्रामक र झुटो’ भन्दै अपुष्ट सामग्री साझा नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

कॉकरोच जनता पार्टी (CJP) का प्रवक्ता सौरभ दासले एक्स (X) मा भिडियो सार्वजनिक गर्दै शान्तिपूर्ण प्रदर्शनकारीमाथि प्रहरीले पेलेट गन चलाएको आरोप लगाएका थिए। त्यसको जवाफमा दिल्ली प्रहरीले ‘फेक न्यूज अलर्ट’ जारी गर्दै आफूसँग पेलेट गन नै नभएको र प्रदर्शन नियन्त्रणका क्रममा त्यस्तो हतियार प्रयोग नगरिएको स्पष्ट पारेको छ। साथै, र्‍यापिड एक्शन फोर्स (RAF) ले प्रदर्शनकारीमाथि इलेक्ट्रिक स्टन गन प्रयोग गरेको दाबी पनि प्रहरीले अस्वीकार गरेको छ।

प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि सामग्री पोस्ट वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न आग्रह गर्दै अफवाह वा भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?