कतारका पूर्व अमिर शेख खलिफाको ८४ वर्षको उमेरमा निधन, तीन दिन राष्ट्रिय शोक घोषणा
12 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २८ गते । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको हो। राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका नेताका रूपमा स्मरण गर्दै दिवानले उनको आत्माको चिरशान्तिको कामना गरेको छ।
सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हालेका शेख खलिफाको कार्यकालमा आधुनिक कतारको विकासको आधार तयार भएको मानिन्छ। उनको निधनमा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीले तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments