जर्मनीमा भीषण गर्मीबाट ५,१०० जनाको मृत्यु, युरोपमा किन घातक बन्दैछ हीटवेभ?
11 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २६ गते । जर्मनीमा जुन २०२६ को अत्यधिक गर्मीका कारण करिब ५ हजार १०० जनाको मृत्यु भएको छ। रोबर्ट कोख इन्स्टिच्युट (RKI) का अनुसार यो संख्या पछिल्ला तीन वर्षको औसतभन्दा निकै बढी हो। जुनको अन्तिम साता देशका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। गर्मीका कारण विशेषगरी ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् भने सडक, रेल सेवा र अन्य पूर्वाधारमा समेत असर परेको छ।
विशेषज्ञहरूका अनुसार युरोपका अधिकांश देशका घर, कार्यालय र सार्वजनिक संरचना चिसो मौसमलाई ध्यानमा राखेर निर्माण गरिएकाले तीव्र गर्मी सहन सक्ने व्यवस्था छैन। अधिकांश भवनमा एयर कन्डिसनरसमेत नहुँदा गर्मीको प्रभाव झन् बढ्ने गरेको छ। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, लामो दिन र वृद्ध जनसंख्याको उच्च अनुपातका कारण युरोपमा हीटवेभ झन् घातक बन्दै गएको विज्ञहरूको निष्कर्ष छ।
कमेन्ट गर्नुहोस्
view comments