अयोध्यामा योगीको विपक्षीमाथि प्रहार, विकासमा अवरोध गरेको आरोप
11 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २६ गते । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री Yogi Adityanath ले अयोध्यामा आयोजित कार्यक्रममा कांग्रेस र समाजवादी पार्टीमाथि कडा टिप्पणी गरेका छन्। राम मन्दिर दानसम्बन्धी विवादका बीच अयोध्या पुगेका उनले विगतमा हनुमानगढीको सिँढीमा नमाज पढाइएको आरोप लगाउँदै, “के जामा मस्जिदमा हनुमान चालीसा पाठ गराउन सकिन्छ?” भन्दै विपक्षी दलमाथि प्रश्न उठाए।
मुख्यमन्त्री योगीले सन् २०१७ अघि अयोध्याको अवस्था फरक रहेको उल्लेख गर्दै आफ्नो सरकारले अयोध्यालाई सांस्कृतिक राजधानीका रूपमा पुनर्स्थापित गरेको दाबी गरे। उनले भगवान श्रीराम र हनुमानको आशीर्वादका कारण अयोध्याको विकास तीव्र गतिमा अघि बढिरहेको बताए।
यस अवसरमा योगी आदित्यनाथले अयोध्या जिल्लाका लागि ४३२ करोड भारतीय रुपैयाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गरे। उनले अयोध्याको विकास कांग्रेस र समाजवादी पार्टीलाई मन नपरेको आरोप लगाउँदै, महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अयोध्या देशका प्रमुख सहरसँग हवाई सञ्जालमार्फत जोडिएको पनि बताए।
कमेन्ट गर्नुहोस्
view comments