खान सरको अग्रिम जमानतबारे १० जुलाईमा फैसला आउने
11 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २४ गते । भारतको पटनास्थित चर्चित कोचिङ सञ्चालक फैजल खान (खान सर) को अग्रिम जमानत याचिकामाथि अदालतले आगामी १० जुलाई मा फैसला सुनाउने भएको छ।
बुधबार पटना सिभिल कोर्टमा भएको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीले आफ्ना-आफ्ना तर्क प्रस्तुत गरेपछि अदालतले निर्णय सुरक्षित राखेको हो। सुनुवाइपछि अदालतले अग्रिम जमानतसम्बन्धी आदेश १० जुलाईमा सार्वजनिक गर्ने जनाएको छ।
अब १० जुलाईमा हुने फैसलाले खान सरलाई अग्रिम जमानत मिल्ने वा जेल जानुपर्ने अवस्था सिर्जना हुने भन्ने टुंगो लाग्नेछ।
कमेन्ट गर्नुहोस्
view comments