अमेरिका–इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता, हर्मुज जलडमरूमध्य खोल्ने सहमति
12 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार ४ गते । अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले डिजिटल माध्यमबाट समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सम्झौताअनुसार दुवै पक्ष युद्ध अन्त्य गर्न तथा विश्वको महत्वपूर्ण सामुद्रिक मार्ग स्ट्रेट अफ हर्मुज तत्काल खोल्न सहमत भएका छन्। हस्ताक्षरपछि सहमतिका बुँदाहरू कार्यान्वयनमा लैजाने प्रक्रिया समेत सुरु भएको बताइएको छ।
फ्रान्समा आयोजित जी–७ सम्मेलनका क्रममा ट्रम्पले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यसअघि स्विट्जरल्यान्डमा हुने भनिएको औपचारिक हस्ताक्षर प्रक्रिया समयअघि नै सम्पन्न गरिएको जनाइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों तथा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि सम्झौताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने अमेरिका–इरान प्रतिनिधिमण्डलस्तरीय बैठकमा भने इरानको आणविक कार्यक्रमलगायत दीर्घकालीन कूटनीतिक विषयमा विस्तृत वार्ता हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments