बिच एसियन गेम्समा भारतलाई उपाधि, नेपाललाई कास्य पदक
28 दिन पहिले प्रकाशित
काठमाडौं, बैशाख १४ गते । छैटौँ बिच एसियन गेम्स २०२६ अन्तर्गत बिच कबड्डीमा भारतीय महिला टोलीले उपाधि जितेको छ। सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ४७–३१ ले पराजित गर्दै लगातार छैटौँपटक उपाधि आफ्नो नाममा दर्ता गराएको हो। पराजित श्रीलंकाले भने पहिलोपटक रजत पदक जित्न सफल भयो।
आइतबार भएको सेमीफाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपालले कास्य पदकमा चित्त बुझायो। त्यस्तै, भारतसँग पराजित बंगलादेश पनि कास्य पदकमै सीमित रह्यो। नेपाली टोलीकी कप्तान मनमती बिष्टले पदक जितेर स्वदेश फर्कन पाउँदा खुसी लागेको बताउँदै यसअघि १९औँ एसियन गेम्समा पनि नेपालले कास्य पदक जितेको सम्झना गरिन्।
कमेन्ट गर्नुहोस्
view comments