आवेश खान बने लखनऊका ‘लक्की चार्म’, अन्तिम बलमा जित्ने संयोग फेरि दोहोरियो

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र २७ गते ।  आईपीएल 2026 अन्तर्गत लखनऊ सुपर जायंट्स ले कोलकाता नाइट राइडर्स विरुद्ध रोमाञ्चक जित निकालेसँगै तेज बलर आवेश खान सँग जोडिएको अनौठो संयोग फेरि चर्चामा आएको छ। जब–जब लखनऊलाई अन्तिम बलमा १ रन चाहिन्छ, तब आवेश खान नन–स्ट्राइकर एन्डमा उपस्थित हुने र टोलीले जित हात पार्ने क्रम दोहोरिँदै आएको देखिएको छ।

यसअघि २०२३ मा आरसीबीविरुद्ध र २०२४ मा पनि यस्तै परिस्थिति बनेको थियो, जहाँ अन्तिम बलमा १ रनको लक्ष्य पूरा गर्दा आवेश मैदानमा थिए। अहिले २०२६ मा फेरि सोही घटना दोहोरिएपछि समर्थकहरूले उनलाई टोलीको ‘लक्की चार्म’ भन्दै चर्चा गर्न थालेका छन्। पछिल्लो खेलमा अन्तिम बलमा जित दिलाउने क्रममा अर्को छेउमा आवेशकै उपस्थिति रहनुले यस संयोगलाई अझ रोचक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?