टी–२० विश्वकप : नेपाल इटालीसँग १० विकेटले पराजित

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, माघ २९ गते । आइसिसी टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ दशमलव ४ ओभरमै भेट्टायो। ओपनर एन्थोनी मस्का र जस्टिन मस्काले उत्कृष्ट प्रदर्शन गर्दै इटालीलाई सहज जित दिलाए। जस्टिनले ४४ बलमा ६० र एन्थोनीले ३२ बलमा ६२ रन बनाए। दुवैले नटआउट रहँदै इटालीलाई जित दिलाए।

नेपालले यसअघि इंग्ल्यान्डसँग पनि हार बेहोरेको थियो। इटालीले पहिलो खेलमा स्कटल्यान्डसँग हार व्यहोरेको थियो तर नेपालविरुद्ध जितको खाता खोल्यो। नेपालका लागि सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन खर्चिए भने ललित राजवंशीले एक ओभरमा १९ रन दिए। आज ६ जना बलरले बलिङ गरेका थिए। यो हारसँगै नेपालको समूह ‘सी’ मा जितको खाता अझै खुल्न सकेको छैन। अब नेपालले वेस्ट इन्डिजसँगको खेलमा जित निकाल्नुपर्ने दबाब बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?