आइसिसी टी–२० विश्वकपमा आज तीन खेल : दक्षिण अफ्रिका–अफगानिस्तान, अस्ट्रेलिया–आयरल्याण्ड र इंग्ल्यान्ड–वेस्ट इन्डिज
15 घन्टा पहिले प्रकाशित
एजेन्सी, माघ २८ गते । आइसिसी टी–२० विश्वकप क्रिकेटमा बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह ‘बी’ मा अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह ‘सी’ मा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।
अस्ट्रेलिया र आयरल्याण्डबीचको खेल श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा अपराह्न ३:१५ बजे सुरु हुनेछ। अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्ड पहिलो खेलमा श्रीलङ्कासँग पराजित भइसकेको छ। बाँकी दुई खेल भारतमा हुनेछन्। पहिलो खेल बिहान ११:१५ बजे अहमदावादको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ। दुवै टोलीले दोस्रो खेल खेल्दैछन् – दक्षिण अफ्रिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो भने अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो। बेलुकी ७:१५ बजे कोलकाताको वानखेडे स्टेडियममा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच समूह ‘सी’ को दोस्रो खेल हुनेछ। इंग्ल्यान्डले पहिलो खेलमा नेपाललाई हराएको थियो भने वेस्ट इन्डिजले स्कटल्यान्डलाई पराजित गरेको थियो।
यी तीन खेलले समूह चरणको रेसलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। दर्शकहरूले विशेष गरी इंग्ल्यान्ड–वेस्ट इन्डिजको खेललाई उच्च महत्वका साथ हेर्नेछन्।
कमेन्ट गर्नुहोस्
view comments