विश्वकप तयारीको अन्तिम अभ्यासमा आज क्यानडासँग भिड्दै नेपाल

21 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २२ गते । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोली आज अन्तिम अभ्यास खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। अघिल्लो अभ्यास खेलमा यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाल क्यानडाविरुद्ध पनि जित निकाल्दै विश्वकपमा उच्च आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ। चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ।

विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा रहेको नेपालले इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि प्रतिस्पर्धा गर्नेछ। तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यस संस्करणमा नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?