चिनी मिल सञ्चालकलाई पक्राउ नगर्न नेताहरुको फोन आइरहेको ः उद्योगमन्त्री भट्ट
5 वर्ष पहिले प्रकाशित
२ पुष, २०७७
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आइरहेको बताए ।
प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र ? मन्त्री भट्टले प्रश्न गरे ।
कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ उनले खुलाएनन् ।
विभिन्न उखु उद्योगबाट भुक्तानी लिन बाँकी करिब ९० करोड रुपैयाँ पाउनुपर्ने माग गर्दै उखु किसान विगत ५ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।
कमेन्ट गर्नुहोस्
view comments