१४ वर्षीय वैभव सूर्यवंशीले पाए 'प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार' : राष्ट्रपतिबाट सम्मान

14 दिन पहिले प्रकाशित

एजेन्सी,पुष ११ गते । बिहारका १४ वर्षीय क्रिकेट सनसनी वैभव सूर्यवंशीले ठूलो सम्मान प्राप्त गरेका छन् । बिहीबार राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले उनलाई 'प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार' प्रदान गर्नुभएको छ । यो सम्मानपछि वैभव प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

वैभवका बाल्यकालका कोचका अनुसार उनी मांसाहारी खानाका शौखिन हुन्, विशेषगरी चिकन र मटन । मटन परोसेमा उनी ठूलो चावका साथ खान्छन्, जसले उनलाई हट्टाकट्टा बनाएको छ । पहिले पिज्जा मनपर्ने वैभवले फिटनेस र खेलप्रति गम्भीर भएपछि पिज्जा छोडेका छन् ।

वैभवलाई यो सम्मान घरेलू क्रिकेटमा उनको अविश्वसनीय प्रदर्शनका लागि दिइएको हो । विजय हजारे ट्रॉफीमा अरुणाचल प्रदेशविरुद्ध ८४ बलमा १९० रनको तुफानी इनिङ खेलेका थिए । यसक्रममा ३६ बलमा शतक प्रहार गरी लिस्ट-ए क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने विश्व कीर्तिमान बनाए । उनले एबी डिभिलियर्सको सबैभन्दा तेज १५० रनको कीर्तिमान पनि तोडे । उनकै इनिङले बिहारले ५० ओभरमा ५७४ रन बनाएर नयाँ विश्व कीर्तिमान कायम गरेको थियो ।

१४ वर्षको उमेरमा राजस्थान रोयल्सबाट 'इम्प्याक्ट प्लेयर' का रूपमा आईपीएल डेब्यू गरेका वैभवको आक्रामक ब्याटिङले क्रिकेट जगतलाई चकित पारेको छ । यो सम्मानले उनको प्रतिभालाई थप उजागर गरेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?