१४ वर्षे वैभव सूर्यवंशीको शतकीय यात्रा, आईसीसी नियमले राष्ट्रिय टिममा प्रवेशमा रोक

26 दिन पहिले प्रकाशित

एजेन्सी,मंसिर २८ गते ।१४ वर्षे क्रिकेट प्रतिभा वैभव सूर्यवंशीका लागि यो वर्ष अत्यन्तै ऐतिहासिक बनेको छ। आईपीएलदेखि अन्डर–१९ एसिया कपसम्म उनले खेलेका हरेक प्रतियोगितामा शतकीय प्रदर्शन गर्दै सबैको ध्यान खिचेका छन्। आईपीएल २०२५ मा मात्र ३५ बलमा शतक प्रहार गरेर चर्चा कमाएका सूर्यवंशीले त्यसपछि भारतीय अन्डर–१९ टोलीका लागि एकदिवसीय र टेस्ट, सैयद मुश्ताक अली ट्रफी तथा एसिया कप अन्डर–१९ मा समेत शतक बनाएका छन्। यसरी उनी छ फरक–फरक प्रतियोगितामा शतक प्रहार गर्ने दुर्लभ उपलब्धि हासिल गर्न सफल भएका छन्।

यति उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि वैभव सूर्यवंशी तत्काल भारतीय राष्ट्रिय टिममा खेल्न पाउने छैनन्। आईसीसीको नियमअनुसार अन्तर्राष्ट्रिय क्रिकेट खेल्न न्यूनतम उमेर १५ वर्ष हुनुपर्ने व्यवस्था छ, जुन नियम सन् २०२० मा लागू गरिएको हो। वैभव हाल १४ वर्षका मात्र छन् र २०२६ मार्च २७ मा १५ वर्ष पूरा गर्नेछन्। त्यसअघिसम्म उनी भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अयोग्य रहनेछन्। यद्यपि, आईपीएल २०२६ मा उनको प्रदर्शनलाई सबैले चासोका साथ हेर्नेछन्, जहाँ राजस्थान रोयल्सले उनलाई पहिले नै रिटेन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?