काठमाडौं–दिल्ली नियमित हवाई उडान सूचारु
5 वर्ष पहिले प्रकाशित
२ पुस,२०७७
आजबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले २०७६ साल ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गरेको छ ।
ए–३२० जहाजले उडान ११ः३० मा गरेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । ‘दिल्ली जाँदा र आउँदा दुबै उडानमा राम्रो अक्कुपेन्सी छ,’ उनले भनिन् ।’
नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको छ ।
नेपाल सरकारले समेत सोही स्कीम स्वीकार गरेपछि भारतसँगको उडान खुलेको हो । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ । यस रुटमा १० चैतयता नियमित उडान हुन सकेको छैन । सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।
नेपाल र भारतबीच दैनिक एकरएक वायुसेवाबाट उडान गर्ने सहमति बनेको छ ।यसअनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ । उक्त कम्पनीले भने उडान मिति तोकिसकेको छैन । खुलेको उडानमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड भने यात्रुले पुरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ ।
भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् ।
कमेन्ट गर्नुहोस्
view comments