वेष्टइण्डिज विरुद्ध नेपाललाई सिरिज क्लिनस्वीप गर्ने ऐतिहासिक मौका

12 दिन पहिले प्रकाशित

 

  • दुई खेलमै जितसँगै नेपालले सिरिज जितिसकेको अवस्था

  • तेस्रो खेलमा जित हात पारिए पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो क्लिनस्वीप

  • नयाँ खेलाडीलाई पनि मौका दिने तयारी

काठमाडौं, असोज १४ गते । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले वेष्टइण्डिजविरुद्धको तीन खेलको सिरिजमा पहिले नै २–० को अग्रता हासिल गरिसकेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले ९० रनको फराकिलो जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो। पहिलो खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो।

अब आज हुने अन्तिम खेलमा पनि नेपालले जित हात पारेमा आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलोपटक सिरिज क्लिनस्वीप गर्ने ऐतिहासिक उपलब्धि हासिल गर्नेछ। टोलीले केही खेलाडी परिवर्तन गर्ने सम्भावना रहे पनि मुख्य लक्ष्य भने क्लिनस्वीप गर्ने रहेको छ। खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?