एसिया कप टी–२० मा भारतको ऐतिहासिक विजयी
13 दिन पहिले प्रकाशित

एजेन्सी, असोज १३ गते । भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै टी–२० एसिया कप क्रिकेट उपाधि जितेको छ। आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा १४६ रन बनाएको थियो। भारतले तिलक वर्माको अविजित ६९ रनको मद्दतमा सो लक्ष्य दुई बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा भेट्टायो। शिवम दुबेले ३३, सञ्जु स्यामसनले २४ र शुभमन गिलले १२ रन योगदान दिए। पाकिस्तानका फहिम अश्रफले तीन विकेट लिए।
पाकिस्तानतर्फ साहिबजादा फर्हानले ५७ र फखर जमनले ४६ रन बनाए। भारतका बलर कुलदीप यादवले चार विकेट लिँदा जस्प्रित बुमराह, बरुण चक्रवर्ती र अक्सर पटेलले दुई/दुई विकेट लिए। एसिया कपको ४० वर्षे इतिहासमा पहिलोपटक भारत र पाकिस्तानबीच फाइनलमा प्रतिस्पर्धा भएको हो। यसअघि समूह चरण र सुपर–४ मा पनि भारत विजयी भएको थियो। यो उपाधिसहित भारतले एसिया कपमा आठौँ पटक च्याम्पियन बनेको हो भने पाकिस्तान २०१२ यतादेखि उपाधिबिहीन छ। टी–२० अन्तर्राष्ट्रियमा दुवै देशबीच भएको १५ खेलमध्ये भारत १२ पटक विजयी बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments