रेकर्ड तोड्दै सुन महँगियो, नेपालमा प्रतितोला दुई लाख पाँच हजार ९०० पुग्यो

2 दिन पहिले प्रकाशित

काठमाडौं , भदौ १७ गते । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि सुन महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार ९०० मा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। सोमबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेको हो। त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर दुई हजार ४८५ पुगेको छ।

महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार मूल्यवृद्धि नेपाली बजारको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा देखिएका अस्थिरतासँग सम्बन्धित हो। अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔंस ३,४९४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?