आन्दोलनरत उखु किसानलाई वार्ताका लागि मन्त्रालयले पठायो पत्र

5 वर्ष पहिले प्रकाशित

काठमाडौं, मंसिर ३० गते ।
तीन दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि उखु किसान संघर्ष समिति, सर्लाहीले सर्त राखेको हो ।

मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने आफूहरुको सर्त भएको संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

गत वर्ष पनि सर्लाहीका उखु किसानहरुले काठमाडौंमा भुक्तानी माग गर्दे आन्दोलनमा उत्रिएपछि सरकारले पैसा दिने आश्र्वाशन दिएका थिए । तर, समयमै बाँकी बक्यौता नदिएपछि पुनः किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?