नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७८ पुस १५ गते।
भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्‍न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए ।आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३ महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो ।

बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भट्टराईका आफन्तहरु आएका थिए ।

 

 

 

भक्तपुरमा कार दुर्घटनाबाट एक जनाको मृत्यु, चालक घाइते

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?