२४ घण्टामा १ हजार ४८३ कोरोनामुक्त, १४ को मृत्यु
5 वर्ष पहिले प्रकाशित
२४ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको २ लाख ३० हजार ५३७ पुगेको छ । साथै २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १२ हजार २४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२५ जना रहेका छन् ।
यस्तै बुधबार थप १ हजार ५६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ३८६ जना महिला र ६७० जना पुरुष रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
view comments