नेपाली कांग्रेसको मधेशी कोटाबाट केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

4 वर्ष पहिले प्रकाशित

काठमाडौं, पुस ६ गते ।

नेपाली कांग्रेसको मधेशी कोटाबाट केन्द्रीय सदस्य पदमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् ।

मंगलबार आएको मतपरिणामअनुसार चौधरीले २२०६ मत ल्याएका छन् ।त्यस्तै अजय चौरसिया २५२२ मत रर चन्द्रमोहन यादवले २१३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादव १९५९ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।निर्वाचितहरुमध्ये चार जना शेरबहादुर देउवा र चन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन् ।

चन्द्रमोहन पूर्वराष्ट्रपति रामबरण यादवका छोरा हुन्।कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना गरेपछि समावेशी समूहतर्फको मतगणना गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?