काठमाडौं, वैशाख १८ गते । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घट्दै १ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर १ हजार ९१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। सुनचाँदीको मूल्यमा आएको यो गिरावट अन्तर्राष्ट्रिय बजारको उतारचढावसँग सम्बन्धित मानिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments