आईपीएल २०२५: निकोलस पूरन अग्रस्थानमा, सूर्यकुमार यादव तेस्रो र विराट कोहली चौथो स्थानमा
1 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख ८ गते । आईपीएल २०२५ आधा पुग्दासम्म ‘अरेन्ज क्याप’को प्रतिस्पर्धा निकै रोचक बनेको छ। लखनऊ सुपर जायन्ट्सका निकोलस पूरन हालसम्म सबैभन्दा बढी रन बनाउने खेलाडीको रूपमा अगाडि छन्। पूरनले ८ खेलमा ३६८ रन बनाएका छन्, जसमा ४ अर्धशतक, ५० भन्दा माथिको औसत र २०० भन्दा बढी स्ट्राइक रेट रहेको छ। अर्कोतर्फ, गुजरात टाइटन्सका युवा खेलाडी साई सुदर्शन ७ खेलमा ३६५ रनसहित दोस्रो स्थानमा छन्। उनी हालसम्मको सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यान पनि हुन्।
यसैबीच, मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान सूर्यकुमार यादव ८ खेलमा ३३३ रनसहित तेस्रो स्थानमा उक्लिएका छन्। त्यस्तै, रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीले ८ खेलमा ३२२ रन बनाउँदै चौथो स्थानमा स्थान बनाएका छन्। कोहलीको औसत झन्डै ६४ को छ भने सूर्यकुमारको औसत पनि ५० माथि रहेको छ। अझै प्रतियोगिता बाँकी रहेकोले अरेन्ज क्याप अन्ततः कसले जित्ने हो भन्ने चासो थपिएको छ।
कमेन्ट गर्नुहोस्
view comments