सन्दीप लामिछानेको विश्व कीर्तिमान, सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बने
21 घन्टा पहिले प्रकाशित
काठमाडौँ, जेठ ४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर Sandeep Lamichhane ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अस्ट्रेलियन खेलाडी Mitchell Starc को कीर्तिमान तोड्दै सन्दीपले नयाँ इतिहास रचेका हुन्।
कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा सोमबार जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेलमा सन्दीपले तीन विकेट लिएपछि उक्त कीर्तिमान आफ्नो नाममा पार्न सफल हुनुभयो।

स्कटल्यान्डविरुद्ध सन्दीपले George Munsey, Brandon McMullen र Matthew Cross को विकेट लिनुभएको थियो।
सन्दीपले ७३ एकदिवसीय खेलमै १५० विकेट पूरा गर्नुभएको हो। यसअघि स्टार्कले ७७ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments