नेपाल सुपर-४ मा प्रवेश, पाकिस्तानलाई ६ विकेटले पराजित
6 दिन पहिले प्रकाशित
काठमाडौं, पुस १ गते । नेपालले एसिसी यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा स्थान पक्का गरेको छ। समूह ‘ए’ मा पाकिस्तान लगातार दुई खेलमा पराजित भएपछि समूहको अन्तिम खेलअघि नै नेपालले सुपर-४ मा स्थान सुरक्षित गरेको हो। यसअघि भारतले पनि पाकिस्तानलाई पराजित गरेको थियो। अब नेपालले आफ्नो समूहको अन्तिम खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा तीन टोली मात्र सहभागी छन्।
सोमबारको खेलमा कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनको मद्दतले नेपालले पाकिस्तानलाई पराजित गर्यो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। पूजाले ४७ बलमा नटआउट ४७ रन बनाउँदै ३ चौका प्रहार गरिन्। सीमाना केसीले पूजासँग पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै नटआउट १२ रन जोडिन्। बलिङतर्फ पनि पूजाले २ विकेट लिइन्। रचना चौधरी, रिया शर्मा र सीमाना केसीले समान १-१ विकेट लिए। पाकिस्तानका लागि कोमल खानले ३८ रन र मोहम अनीसले नटआउट २९ रन बनाए।
कमेन्ट गर्नुहोस्
view comments