विराटनगरले चितवनलाई ५१ रनको फराकिलो अन्तरले गरे पराजित
9 दिन पहिले प्रकाशित
मंसिर २८ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगितामा आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले चितवन राइनोजलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा विराटनगरले चितवनलाई ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
विराटनगरले चितवनलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना जिवितै कायमै राखेको हो । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो ।
चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे ।
कप्तान कुशल मल्लले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । कुशल क्रिस सोलको बलमा प्रतिस जिशीबाट समातिए । रवि बोपारा २४ बलमा २० रन जोड्दै सुवास भन्डारीको बलमा बोल्ड आउट भए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद रसुवास भन्डारीले समान १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।
विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ ।
बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एकरएक विकेट लिए ।
कमेन्ट गर्नुहोस्
view comments