दोहोरो अंकले सेयर बजार बढ्यो, १० अर्बभन्दा बढीको कारोबार
20 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर १७ गते । सेयर बजार सोमबार दोहोरो अंकले बढ्दै १९.९७ अंकको सुधारका साथ २७५८.०४ विन्दुमा बन्द भएको छ। आइतबार ९.९९ अंकले घटेको बजार आज सुधारको क्रममा रहेको देखियो। तर, सेन्सेटिभ इन्डेक्स भने १.५० अंकले घटेर ४७१.७९ विन्दुमा झरेको छ।
यसदिन बजारमा ३१४ स्क्रिप्सको २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर १० अर्ब ५४ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम ८.८३ अर्बबाट वृद्धि भएको हो।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लेभलमा पुग्यो। ती कम्पनीहरूमा तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर, र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी परेका छन्।
तर, नेपाल फाइनान्सका लगानीकर्ताहरूका लागि दिन नकारात्मक रह्यो। सो कम्पनीको सेयर ८.७२ प्रतिशतले घटेको छ।
ट्रेडिङ समूहको उपसूचकले सर्वाधिक ९.७० प्रतिशतको वृद्धि गरेको छ। चार समूहको उपसूचक भने नकारात्मक रहेको छ। बजारमा १२६ कम्पनीका सेयरको मूल्य बढ्दा ११२ कम्पनीका घटेका छन् भने ६ कम्पनीका सेयर मूल्य स्थिर रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments