नेपाल ब्लाइण्ड टी-२० विश्वकप सेमिफाइनलमा पुग्दै पनि फाइनलमा प्रवेश गर्न असफल

21 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर १६ गते । पहिलो पटक ब्लाइण्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको नेपाल फाइनलमा प्रवेश गर्न सकेन। पाकिस्तानसँग आइतबार १० विकेटले पराजित भएसँगै नेपालको फाइनल पुग्ने सपना अधुरो रह्यो।

नेपालले पहिले ब्याटिङ गर्दै ९४ रन बनायो, जसमा दुर्गादत्त पौडेलले ४० रनको योगदान दिए। तर, अन्य ब्याटरहरू सस्तोमा आउट भए। ९५ रनको लक्ष्य पाकिस्तानले कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो। यसअघि नेपालले लिग चरणमा पाकिस्तान, श्रीलङ्का, र बङ्गलादेशसँग पराजित भई, दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो। नेपाल ब्लाइण्ड विश्वकपमा सन् २०१२ देखि सहभागी हुँदै आएको छ र यसअघि तीनवटै संस्करणमा सेमिफाइनलमा पुग्न सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?