नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट

27 दिन पहिले प्रकाशित

काठमाडौं, मङ्सिर १० । नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार नौ सय रूपियाँले घटेर एक लाख ५१ हजार तीन सय रूपियाँ कायम भएको छ। आइतबार मात्र सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपियाँमा कारोबार भएको थियो, जसका कारण एकै दिनमा सुनको मूल्यमा उल्लेखनीय गिरावट देखिएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपियाँमा कारोबार भएको चाँदी सोमबार एक हजार आठ सय ४५ रूपियाँमा झरेको छ। यस अनुसार, चाँदीको मूल्य प्रतितोला एक सय १५ रूपियाँले घटेको हो। सुनचाँदीका मूल्यमा आएको यो गिरावटले बजारमा थप अस्थिरता ल्याउन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?