दशैँ बिदापछिको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो
2 महीना पहिले प्रकाशित
असोज २९ गते । दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा पुगेको छ ।
आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज जानकी फाइनान्स र मिथिला लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको बढेको छ । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज तीन सय सात वटा कम्पनीका ६४ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
कमेन्ट गर्नुहोस्
view comments