रविचन्द्रन आश्विनको शतकको मद्दतले भारत पहिलो इनिङ्समा ३७६ रनमा अलआउट

3 महीना पहिले प्रकाशित

एजेन्सी,२०८१ आश्विन ४, शुक्रबार । चेन्नईमा जारी बंगलादेशविरुद्धको पहिलो टेस्ट म्याचको दोस्रो दिन भारतले थप ३७ रन जोड्दै ९१.२ ओभरमा ३७६ रनमा अलआउट भएको छ। पहिलो दिनको खेल समाप्त हुँदा भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको थियो।

बिहीबार बिहान बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएपछि भारतका ओपनिङ ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। भारतले ३४ रनमै तीन विकेट गुमाएको थियो भने ९६ रनको स्कोरमा चौथो विकेट खसेको थियो। ४२ ओभरसम्ममा भारतको स्कोर ६ विकेट गुमाएर १४४ रन रहेको थियो।

त्यसपछि भारतीय अलराउन्डर रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले सम्हालिएको प्रदर्शन गर्दै कमजोर पारीलाई बलियो बनाए। आश्विनले बंगलादेशविरुद्ध १०८ बलमा आफ्नो छैटौं टेस्ट शतक पूरा गरे। उनले दुई दिनमा कुल १३३ बल खेलेर ११३ रन बनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?