सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घट्यो
3 वर्ष पहिले प्रकाशित
आश्विन,२०
रागिनी पण्डित
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको छ। मंगलबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोलाको ८९ हजार ४५० रुपैयाँ तोकिएको छ। मंगलबार ८९ हजार ८५० मा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ। यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो। मंगलबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments