बिहारका युवा नेतामा छायो ८० को दशकको शैली, एआई तस्बिर सामाजिक सञ्जालमा भाइरल
2 घन्टा पहिले प्रकाशित
एजेन्सी,भदौ २५ गते । बिहारका युवा नेताहरूमा अहिले ८० को दशकको शैली झल्काउने तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएको छ। ‘भाइबिङ टु द एटीज’ नामक प्रवृत्तिअन्तर्गत एआई प्रविधिबाट तयार गरिएका तस्बिर चिराग पासवान, रोहिणी आचार्यलगायत नेताहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। तस्बिरमा नेताहरू ८० को दशकका चलचित्रका कलाकारजस्तै पोसाक र शैलीमा देखिएका छन्।
चिराग पासवान लामो कलर भएको कमिज र कोटमा देखिएका छन् भने रोहिणी आचार्य पति समरेश सिंहसँग पुरानो शैलीको पहिरनमा देखिएकी छन्। तेजस्वी यादवको समेत समर्थकले ८० को दशकको शैलीमा तयार गरेको तस्बिर सार्वजनिक गरेका छन्। बक्सरका विधायक तथा पूर्वप्रहरी अधिकारी आनन्द मिश्र, बिहार सरकारका मन्त्री नितिश मिश्र र विधान परिषद् सदस्य सञ्जय मयूखलगायत पनि यस प्रवृत्तिमा जोडिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments