नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट : प्रतितोला १२ हजार ५०० रुपैयाँ घट्यो

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत ८ गते । स्थानीय बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि यस्तो ठूलो फेरबदल देखिएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?