सर्लाहीबाट तस्करी गरी ल्याइएका तीन ट्रक सामग्री बरामद

2 वर्ष पहिले प्रकाशित

भदौ १७ गते ।सर्लाही प्रहरीले भारतबाट लुकिछिपी तस्करी गरी ल्याइएका तीन ट्रक सामग्री सर्लाहीको हरिवनबाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा किराना पसलका सामान ल्याएको सूचना पाएको प्रहरीले हरिवन बजारबाट ना ५ ख ७१८३, ना ५ ख १०८ र प्रदेश–२–०३–००१ ख ७३६६ नम्बरको तीनवटा ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा लोड गरी ल्याइएका दाल, चिनी, खानेतेल, मैदा, काजु, किसमिसलगायतका किराना पसलका सामान बरामद गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?