मधेश प्रदेश: दुईजना कर्मचारी अख्तिायरको फन्दामा

2 वर्ष पहिले प्रकाशित

साउन ३१ गते । सप्तरीको विष्णुपुर गाँउपालिकाका दुईजना कर्मचारी पाँच लाख घुससहित अख्तिायरको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा गाँउपालिकाका कम्प्युटरअपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको जनाएको छ ।

सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?