सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

साउन २२ गते । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।आइतबार रुपनी गाउँपालिका ५ घुरगाम टोल बस्ने उपेन्द्र रामको श्रीमती ५१ वर्षीया पानो देवि रामको मृत्यु भएको छ ।

प्कनोलाई आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोडने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?