जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द

2 वर्ष पहिले प्रकाशित

साउन १९ गते । जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो ।जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेको छ ।

एक साताका लागि जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?