सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

साउन १५ गते । सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

आइतबार दिउँसो सप्तरीको बोदेबर्साईन नगरपालिका ३ बस्ने महादेव साहको पोखरीमा सोही नगरपालिकाको वडा नं। १ धनगढी बस्ने विध्यानन्द साहको ८ की किरन साह र वडा नं. ६ फुलकाही बस्ने धनराज साहको ८ वर्षीया छोरी शिवानी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भैँसीलाई पोखरीमा नुहाउन जाने क्रम्मा पोखरीमा डुबेर दुवैजनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घटना स्थल सुरक्षित राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?