रौतहटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

साउन १० गते । रौतहटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बौधीमाइ नगरपालिका ३ मटिअर्वा बाँध नजिकै मंगलबार राति ट्र्याक्टर दुर्घटना हुँदा १७ वर्षीय उदय पटेलको मृत्यु भएको प्रहरीले जनाएका छन् ।


इनर्वाबाट मटिअर्वातर्फ जाँदै गरको प्र २–०३–००१ त ४३९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पटेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५.३६ फिट तल खस्दा चालक पटेल सख्त घाइते भएपछि उपचारका लागि गौरतर्फ पठाइएको थियो ।

गत राति नै अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?