पर्सामा १९ राउण्ड गोलीसहित एक जना भारतीय युवक पक्राउ
2 वर्ष पहिले प्रकाशित
_1690197382.jpeg)
साउन ८ गते । पर्सा प्रहरीले शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित एक जना भारतीय युवक पक्राउ परेका छन् ।
जिल्लाको वीरगन्ज महानगरपालिका-८ भानुचोकबाट भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा बोकेको झोला फाली भागे पश्चात् झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो ।
तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments