बिडी नदिएको झोकमा सप्तरीमा एक युवकले मागिखाने व्यक्तिको गरे हत्या
2 वर्ष पहिले प्रकाशित

साउन ४ गते। बिडी नदिएको झोकमा सप्तरीमा एक युवकले मागिखाने व्यक्ति हत्या गरेको खुलेको छ ।
सप्तरी कंचनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागि खने अन्दाजी ६०र६५ वर्षीय पुरुषको शव फेला परेको थियो ।उनको हत्या बिडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो ।
उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दीपक रायले जानकारी दिए । मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिडी खाई रहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बांसको लाठीले उनको टाउँकोमा चारर पांच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए।मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कार्बाही गर्ने सप्तरी प्रहरीको तयारी छ ।
कमेन्ट गर्नुहोस्
view comments