बस सडकबाट तल खसेर दुर्घटना हुँदा ३९ जना घाइते
2 वर्ष पहिले प्रकाशित

२०८० असार २५ । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए दुर्घटनामा गम्भीर घाइते भएका उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।
बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ । गम्भीर घाइते १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ । बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन ।
कमेन्ट गर्नुहोस्
view comments