पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
1 वर्ष पहिले प्रकाशित
असार १७ गते । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर र डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
ग्यासको मूल्य घटेर आएपछि निगमलाई अब ग्यासमा नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
नेपाल आयल निगम हाल नाफामा छ ।
निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।
यस्तै मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ, हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।
कमेन्ट गर्नुहोस्
view comments