आरती साहका लागि न्याय माग्दै माइती पक्षले अदालत परिसरमा गरे ढंगामुढा
2 वर्ष पहिले प्रकाशित

२०८० असार ५ ।आरती साहका लागि न्याय माग्दै जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरिरहेका माइती पक्षले अदालत परिसरमा ढंगामुढा गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ ।
केही दिनदेखि आरती साहको न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै उनीहरुले मंगलवार जनकपुरधामस्थित जिल्ला अदालत अगाडी प्रदर्शन गर्ने क्रममा ढुंगामुढा गरेका हुन् ।
मृतक आरतीको माइतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका छन् । एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीया आरतीको रहस्यमय मृत्यु भएको थियो ।
उनीहरूले एसपी र डीएसपीलाई निलम्वन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सूत्रीय माग राखेका छन् । यसैबिच अदालतले आरतीका पति र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments