मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

2 वर्ष पहिले प्रकाशित

असार १ गते । मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०र८१ को आर्थिक आज साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउन लागेको हो । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताए ।

संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले यस वर्ष बजेटको आकार घट्ने उनले जानकारी दिए ।

मधेस प्रदेश सरकारले यसअघि आर्थिक वर्ष २०७६र७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यस्तै, २०७७र७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८र७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो ।

मधेस प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९र८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

अर्थमन्त्री संजयकुमार यादवले आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिचाईंलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?