सर्लाहीमा स्कारपियोको ठक्करबाट एकजनाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

जेठ ३० गते ।सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मंगलबार भारतीय नम्वर प्लेटको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बबरगञ्जबाट बयलवासतर्फ आउँदै गरेको बीआर ३० इ २४५९ नम्वरको स्कारपियोको ठक्करबाट ज २ प ६४५२ नम्वरको मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका ४५ वर्षीय मनोज महतोको मृत्यु भएको हो ।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई सामान्य उपचार गरी थप उपचारका लागि लालगढ अस्पताल धनुषा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?