महोत्तरीमा २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

2 वर्ष पहिले प्रकाशित

जेठ ३० गते ।महोत्तरीमा २१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङ रहेको प्रहरीले जनाएका छन् ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको जङ्गलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?